Drama staging to explain the role of ward women's network in dispute resolution
21 May 2026

काठमाडौँ । स्थानीय विवाद निरुपण गर्न वडा महिला सञ्जालको भूमिका बुझाउन वडा नम्बर ३० को महिला सञ्जालले नाटक मञ्चन गरेको छ । विहीबार आयोजना गरिएको स्थानीय न्यायिक संवाद कार्यक्रममा घरेलु हिंसाको कथामा जनप्रतिनिधि शर्मिला श्रेष्ठ सिंह र शर्मिला श्रेष्ठ महतो, न्यायिक सहजकर्ता सुबिना खड्गी, मेलमिलापकर्ता शोभा उप्रेती खरेलसहित सृजन रावल, अस्मिता उप्रेती, झिमा माझीले नाटकमा अभिनय गर्नुभएको थियो ।
नाटकमा घरमा हुने विवाद र यसबाट उत्पन्न हिंसाको अवस्थाबाट कथा सुरु गरिएको थियो । हिंसामा परेका पीडितलाई प्रहरीबाट महिला सञ्जालमा जान सुझाव दिएको, पीडितले न्यायिक सहजकर्तासँग परामर्श गरेको, विवाद मेलमिलाप कक्षमा लगेर दुवै पक्ष राखेर संयक्त वार्ता गराएको, एकल वार्ता गरेको, विवादका पक्षबिच हुने मेलमिलाप र त्यसपछि न्यायिक समितिका फाइल पठाउने प्रक्रिया देखाइएको थियो ।
नाटक हेरिसकेपछि महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, सानातिना विवादलाई इष्र्या र प्रतिशोधको भावनामा रुपान्तरण हुन नदिन आफूहरुले काम गरिरहेको उल्लेख गर्नुभयो । ‘हरेक व्यक्तिको आत्मसम्मानलाई सुरक्षा प्रदान गर्न लिखित र मौखिक दुवै विधिबाट विवाद सुन्ने गरेका छौँ । देवानी प्रकृतिका विवादलाई मेलमिलापका माध्यमबाट समाधान गर्ने प्रयास गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘हामी चाहन्छौँ, विवाद लिएर कसैले जीवन विताउनु नपरोस् । अनावश्यक खर्च गर्नु नपरोस् । यसका लागि विवादका पक्षहरुलाई मनोसामाजिक परामर्श र न्यायिक सहजकर्तामार्फत निःशुल्क कानुनी सहायता प्रदान गरिरहेका छौँ ।’
समाजको अवस्था र आवश्यकता तथा प्रविधिको प्रयोगले विवादका स्वरुप पनि फेरिएका छन् । यस्तो अवस्थालाई पूर्वानुमान गरेर विवाद निरुपणका उपायमा क्षमता विकास गर्न आवश्यक छ । कार्यक्रममा वडाध्यक्ष दलबहादुर कार्कीले भन्नुभयो, ‘कानुनी साक्षरताले विवादलाई जरामै रोक्न सकिन्छ । यसकारण साक्षरताका कार्यक्रम बढाउनुपर्छ ।’
कार्यक्रममा महिला सञ्जालका संयोजक इन्दिरा श्रेष्ठ सिंह, मेलमिलाप केन्द्रका संयोजक शर्मिला श्रेष्ठ महतो सुडीले स्थानीय विवादका विषयमा जानकारी गराउँदै जग्गाको किचलो, लेनदेन, कोठा खाली गराइ पाउँ, बाटो निर्माण गरेको पर्खाल भत्काइ पाउँ, सटर खाली गराइ पाउँ, बहाल रकम असुल गराउने, पारिश्रमिक दिलाइ पाउँ, भाडामा बसेको व्यक्ति निकाली पाउँ, घरेलु हिंसा, बाटो, ढल र पानीको व्यवस्थापनका बारेमा धेरै विवाद आउने गरेको बताउनुभयो । वडा सचिव देवराज जोशीका अनुसार २०७९ साल कार्तिक २३ गते महिला सञ्जाल गठन भएको हो । त्यसयता वडामा अहिलेसम्म ३९ वटा विवाद दर्ता भएका छन् । जसमध्ये २० वटा मेलमिलापबाट टुङ्गिएका छन् । चालु आर्थिक वर्षमा १२ वटा विवाद दर्ता भएका छन् । जसमध्ये ५ वटा मेलमिलाप भएका छन् ।