काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड
काठमाडौं महानगरपालिका भित्रको वायु प्रदूषण केवल यस क्षेत्रभित्रका गतिविधिहरू वा स्थानीय स्रोतहरूको कारण मात्र नभई, समग्र उपत्यका भरिका स्रोतहरू, सीमापार प्रदूषण, अन्य क्षेत्रीय स्रोतहरू, र उपत्यकाको भौगोलिक बनावटबाट उत्पन्न साझा चुनैती हो । महानगरवासीहरूलाई वास्तविक समय(रियल टाईम)को वायु गुणस्तर सम्बन्धी जानकारी गराउने जिम्मेवारीबाट अभिप्रेरित भई याे ड्यासबाेर्ड सञ्चालनमा आएको हो । यसका मुख्य उद्देश्यहरू: १) प्रदुषणबाट स्वास्थ्यमा पर्ने जोखिम घटाउन र दैनिक गतिविधिहरूमा अनुकूलता ल्याउन सहयोग पुर्याउन; २) जनचेतना अभिवृद्धि गर्न; वायु प्रदूषण नियन्त्रणमा व्यक्तिगत योगदानलाई प्रोत्साहन गर्न; र ३) स्थानीय तथा राष्ट्रिय स्तरमा प्रभावकारी नीति निर्माणमा सहयोग पुर्याउन । हामी सबै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार मातहतका निकायहरूलाई यस महत्वपूर्ण विषयमा सहकार्य गर्न अनुरोध गर्दछौं । यो केवल काठमाडौं महानगरको चुनैती होइन, यो राष्ट्रिय चुनौती हो जसको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव छ ।
| स्थान | वायु गुणस्तर |
|---|---|
| कलंकी चोक | – |
| स्वयम्भू (१५ वडा कार्यालय) | – |
| बालाजु बाइसधारा | – |
| टेकु | – |
| डल्लु | – |
| थापाथली | – |
| क्षेत्रपाटी | – |
| नयाँ बसपार्क | – |
| जडिबुटी चोक | – |
| स्थान | वायु गुणस्तर |
|---|---|
| असन चोक | – |
| कमलादी | – |
| बौद्ध क्षेत्र | – |
| पुरानो बानेश्वर | – |
| शान्तिनगर (३१ वडा कार्यालय) | – |
| चाबहिल चोक | – |
| लैनचोर | – |
| हाडीगाउँ | – |
| रत्नपार्क | – |
AQI स्तर बुझौं, सुरक्षित बनौं 👇
| AQI स्तर | गुणस्तर | प्रतीक | स्वास्थ्य प्रभाव | जोखिम समूह |
|---|---|---|---|---|
| 0-50 | राम्रो | 🟢 हरियो | वायु गुणस्तर सन्तोषजनक छ, र प्रदूषणको कुनै वा न्यून असर पर्दछ। | कुनै जोखिम छैन। |
| 51-100 | मध्यम | 🟡 पहेँलो | वायु गुणस्तर स्वीकार्य छ, तर केही प्रदूषकहरूले संवेदनशील व्यक्तिहरूमा हल्का समस्या उत्पन्न गर्न सक्छन्। | बालबालिका, वृद्ध, तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएकाहरू। |
| 101-150 | संवेदनशील समूहका लागि अस्वस्थ | 🟠 सुन्तला | संवेदनशील समूहका लागि स्वास्थ्य असर देखिन सक्छ; तर सामान्य जनतामा ठूलो प्रभाव पर्दैन। | बालबालिका, वृद्ध, फोक्सो वा मुटु रोग भएका व्यक्ति। |
| 151-200 | अस्वस्थ | 🔴 रातो | सबै व्यक्तिले स्वास्थ्य असर अनुभव गर्न सक्छन्; संवेदनशील समूहका लागि जोखिम अझै बढी हुन्छ। | सबै व्यक्ति, तर विशेषगरी संवेदनशील समूह। |
| 201-300 | धेरै अस्वस्थ | 🟣 बैजनी | स्वास्थ्य चेतावनी: सबै व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ। | सबै व्यक्ति। |
| 301-500 | खतरनाक | 🟤 गाढा खैरो | आपतकालीन अवस्था: सबै मानिसमा गम्भीर स्वास्थ्य असर पर्न सक्छ। | सबै व्यक्ति, विशेषगरी पहिले नै स्वास्थ्य समस्या भएकाहरू। |
चेतावनी र सतर्कता
हालको वायु गुणस्तर
राम्रो
काठमाडौं महानगरका अधिकांश क्षेत्रहरूमा हाल वायु गुणस्तर उत्कृष्ट अवस्थामा छ (वायु गुणस्तर सूचकांकः ५० भन्दा कम) । यस्तो अवस्थामा वायु श्वासप्रश्वासका लागि सुरक्षित मानिन्छ र स्वास्थ्यमा कुनै नकारात्मक असर पर्दैन । आफ्नो बासस्थान वा कार्यस्थल नजिकैको स्टेशनको वायु गुणस्तर सूचकांक हेरेर आवश्यक स्वास्थ्य सावधानी अपनाउनु हुन अनुरोध छ । “नियमित वायु गुणस्तरको जानकारी जनस्वास्थ्यको सुरक्षाको आधार हो ।
KMC AQI
सवारी प्रदूषण परीक्षण प्रतिवेदन
सूचना तथा कार्यक्रमहरू
कुनै सूचना उपलब्ध छैन।
सामुदायिक सहभागिता
कुराकानीमा सहभागी हुनुहोस्|#LetKathmanduBreathe
जनचेतनामूलक पोस्टरहरू


