|
|
सहकारी-विभाग

सहकारी-विभाग

बारम्बार सोधिने प्रश्नहरू

  • सहकारी संघ\संस्थाहरुसँग सम्बन्धित गुनासो\उजुरी सुनुवाई एवं समस्या समाधान गर्ने

    १. निवेदकको व्यहोरा खुलेको निवेदन

    २. आवश्यक प्रमाण कागजात

    ३. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

    सेवा शुल्क: निःशुल्क

    लाग्ने समय: बढीमा १५ दिन

  • सहकारी संस्था एकीकरण र विभाजन

    १. सम्बन्धित संघ/संस्थाको व्यहोरा खुलेको पत्र

    २. दुई वा दुई भन्दा बढी संस्थाहरु आपसमा एकीकरण गर्न वा एक संस्थालाई दुई वा दुई भन्दा बढी संस्थामा विभाजन गर्न साधारण सभाको दुई तिहाई बहुमतबाट पारित निर्णय

    ३. तोकिएका अन्य कागजातहरु

    सेवा शुल्क: निःशुल्क

    लाग्ने समय: बढीमा ३५ दिन

  • सहकारी संघ\संस्थाले नियमानुसार पाउने छुट सुविधाहरुको सिफारिश

    १. सम्बन्धित संघ/संस्थाको व्यहोरा खुलेको पत्र

    २. साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि

    ३. घर जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुर छुटको सिफारिश माग गर्दा मापदण्ड अनुसार खरिदका लागि आवश्यक स्रोतको विश्लेषण गरिएको

    कागजात सेवा शुल्क: निःशुल्क

    लाग्ने समय: विभागबाटै हुनेमा १५ दिन र कार्यपालिकाबाट स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय

  • सहकारी संघ\संस्थाको अनुगमन, निरीक्षण

    १. सदस्यको व्यहोरा खुलेको निवेदन वा उजुरी

    सेवा शुल्क: निःशुल्क

    लाग्ने समय: बढीमा १५ दिन

  • सहकारी संघ संस्थाको तालीम \गोष्ठी \ अन्तरक्रिया कार्यक्रम संचालन गन

    १.सम्बन्धित संघ \संस्थाको व्यहोरा खुलेको निवेदन पत्र

    सेवा शुल्क: निःशुल्क

    लाग्ने समय: आवश्यकता अनुसार

  • सहकारी संघ तथा संस्था दर्ता गन

    १. संस्थाको हकमा कम्तिमा ३० जना नेपाली नागरिकहरुले पहिलो र दोस्रो गरी दुईवटा प्रारम्भिक भेला गरी सो को माइन्युट,

    २. भेलाबाट स्वीकृत विधान वा विनियम,

    ३. शेयर सदस्यहरुको फोटो र हस्ताक्षर सहितको विवरण,

    ४. तदर्थ समितिको फोटो र हस्ताक्षर सहितको विवरण,

    ५. निवेदकहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,

    ६. बसोवास तथा आवद्धता खुल्ने प्रमाणित कागजातहरु,

    ७. सहकारी संस्था कार्यान्वयन कार्ययोजना,

    ८. सहकारी तालिम लिएको प्रमाणपत्र,

    ९. संभाव्यता अध्ययन प्रतिवेदन

    सेवा शुल्क: रु. १०।– को टिकट

    लाग्ने समय: आवेदन पेश गरेको मितिले १५ दिनभित्र र अन्य थप संशोधन आवश्यक भएमा सो को लागि लाग्न समय

  • सहकारी संघ\संस्थाको विधान वा विनियम संशोधन

    पछिल्लो साधारण सभामा कूल सदस्य संख्याको कम्तिमा ५१ प्रतिशत उपस्थित भई सो को कम्तिमा २ तिहाई बहुमतले सहकारी ऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल हुने गरीे विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि र तीन महले फारामको ढाँचामा संशोधित विनियम २ प्रति

    सेवा शुल्क: निःशुल्क

    लाग्ने समय: विभागबाटै हुनेमा १५ दिन र कार्यपालिकाबाट स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय