
स्वास्थ्य विभाग
यस विभागको लागि कुनै प्रतिवेदन फेला परेन।
बारम्बार सोधिने प्रश्नहरू
स्वास्थ्य संस्था नविकरण
१. तोकिएको ढाँचाको निवेदन फारम
२. कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
३. गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सेवा शुल्क:
१. अस्पताल तथा नसिङ्ग होमका हकमा प्रति शैया रु. ५००/- २ डायग्नोस्टिक सेन्टरका हकमा प्रति सेवा रु. १,०००/-
३. पोलिक्लिनिक / क्लिनिकका हकमा प्रति सेवा रु १,०००/-
४. आयुर्वेद अस्पताल / वैकल्पिक चिकित्साका हकमा प्रति शैया रु ५००/-
५ आयुर्वेद क्लिनिक सेवाका हकमा प्रति सेवा रु.५,००।
लाग्ने समय: अनुगमन समितिबाट प्रतिवेदन प्राप्त भएको मितिले ७ दिन भित्र
विपन्न नागरिक औषधी उपचार सिफारिस
१. विरामीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. आर्थिक अवस्था खुलेको सम्बन्धित वडा कार्यालयको सक्कल सिफारिसपत्र
४ सम्बन्धित अस्पतालबाट प्राप्त बिरामीको रोग खुलेको सक्कल सिफारिसपत्र
५. सम्बन्धित अस्पताल/चिकित्सकवाट प्राप्त बिरामीको रोग खुलेको कागजातको प्रतिलिपि - क) प्रेस्किप्सन ख) भर्ना फाराम ग) डिस्चार्ज भएकाको हकमा डिस्चार्ज कागजात घ) रोग पत्ता लागेको कागजातको प्रतिलिपि ६. पासपोर्ट साइजको फोटो २ वटा ७. रु १० को टिकट
सेवा शुल्क: निःशुल्क
लाग्ने समय: सिफारिस प्रत्येक हप्ता मंगलबार र शुक्रबार
स्वास्थ्य संस्था दर्ता
१. तोकिएको ढाँचाको निवेदन फारम
२. कम्पनी/संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि
३. कम्पनी/संस्थाको विधान/प्रवन्धपत्र, नियमावलीको प्रतिलिपि
४. स्थायी लेखा दर्ता प्रमाणपत्र (PAN) को प्रतिलिपि
५. स्थापना गर्न लागिएको ठाउँमा स्वास्थ्य संस्था आवश्यक छ भन्ने सम्बन्धित वडाको सिफारिसपत्र
६. स्वास्थ्य संस्थामा काम गर्ने जनशक्ति सम्बन्धी विवरण (क) बायोडाटा (ख)शैक्षिक योग्यता र कर्मचारीले लिएका तालिम प्रमाणपत्रको प्रतिलिपि (ग)प्राविधिक कर्मचारीहरुको सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपि (घ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि (ङ) जनशक्तिहरुको काम गर्ने समय (पार्टटाइम/फुलटाइम किटान गर्नु पर्नेछ) (च) स्वास्थ्य संस्थामा काम गर्ने मञ्जुरीनामा/कबुलियतनामा
७. स्वास्थ्योपचारमा प्रयोग हुने औजार तथा उपकरणको विवरण
८. स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा शुल्कहरुको विवरण र गरीब तथा असहायलाई छुट दिने नीति
९. भौतिक सामग्रीको विवरण
१०. अस्पतालको हकमा प्रारम्भिक वातावरणीय परीक्षण (IEE) वा वातावरणीय प्रभाव मूल्यांकन (EIA) स्वीकृतिपत्रको प्रतिलिपि
११. अस्पतालको विस्तृत सर्भेक्षण सहितको प्रस्ताव
१२. अस्पतालको आर्थिक नियमावली
१३. स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाहरुको विवरण
१४. आफ्नै भए जग्गा/घरको स्वामित्वको प्रमाणपत्र
१५. घर/कोठा बहालमा लिई सञ्चालन गर्ने भए घर बहाल सम्झौतापत्र र प्रयोगमा ल्याइने भवन स्वास्थ्य संस्था सञ्चालन गर्न राष्ट्रिय भवन संहिता बमोजिम उपयुक्त छ भन्ने सम्बन्धी सिफारिसपत्र
१६. भवनको स्वीकृत नक्सा १७.संस्थाको चल अचल सम्पत्ति विवरण तथा वित्तीय स्रोत
१८.संस्थाको कार्ययोजना
१९. बिरामी बडापत्रको नमूना
२०. सम्बन्धित निकायको भवन संहिता सम्बन्धी स्वीकृति पत्र
२१. रु. १० को हुलाक टिकट
२२. मूल्य अभिवृद्धि कर वा आयकरमा दर्ता भएको प्रमाणपत्र
२३. भवन निर्माण सम्पन्न प्रमाणपत्र
२४. अस्पतालजन्य, रासायनिक तथा घरेलु फोहरमैला व्यवस्थापन सम्बन्धी योजना
२५. व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि
सेवा शुल्क: १.अस्पताल तथा नसिङ्ग होमका हकमा प्रति शैया रु.४,०००।– २ .डायग्नोस्टिक सेन्टरका हकमा प्रति सेवा रु. १०,०००।– ३.पोलिक्लिनिक/क्लिनिकका हकमा प्रति सेवा रु १०,०००।– ४. आयुर्वेद अस्पताल/वैकल्पिक चिकित्साका हकमा प्रति शैया रु. ५,०००।– ५ आयुर्वेद क्लिनिक सेवाका हकमा प्रति सेवा रु.५,०००।
लाग्ने समय: अनुगमन समितिबाट प्रतिवेदन प्राप्त भएको मितिले ७ दिन भित्र
रक्तदातामा आधारित अनुदान उपलब्ध गराउने
१) व्यहोरा खुलेको निवेदन
२) पूर्व स्वीकृति लिएको पत्र
३) रक्तदान कार्यक्रम गर्ने संस्थाको दर्ता प्रमाणपत्र
४ ) का.म.पा. सँगको सहकार्यमा उल्लेख भएको व्यानर
५) रक्तदाताहरुको विवरण
६) रगत भण्डारण गरे वापत नेपाल रेडक्रस सोसाईटीबाट प्रदान गरिने प्रसंशापत्र वा सिफारिसपत्र
७) वडा कार्यालयको सिफारिसपत्र
८) रक्तदान कार्यक्रममा हुने खर्चको विवरण
९) अन्य संस्थाबाट कुनै आर्थिक सहयोग नलिएको प्रतिवद्धतापत्र
१०) कार्यक्रमको फोटोहरु
सेवा शुल्क: निःशुल्क
लाग्ने समय: सोही दिन
परिवार नियोजन तथा सुरक्षित मातृत्व सम्बन्धी सूचना प्रदान
१. निवेदकको व्यहोरा खुलेको निवेदन
२. निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि
सेवा शुल्क: निःशुल्क लाग्ने
समय: सोही दिन
बाल स्वास्थ्य तथा पोषण सम्बन्धी सूचना प्रदान
१. निवेदकको व्यहोरा खुलेको निवेदन
२. निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि
सेवा शुल्क: निःशुल्क
लाग्ने समय: सोही दिन
स्वास्थ्य सम्बन्धी गतिविधिहरु बारे सूचना उपलब्ध गराउने
१. निवेदकको व्यहोरा खुलेको निवेदन
२. निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि
सेवा शुल्क: निःशुल्क
लाग्ने समय: सामान्य भए सोही दिन र अन्यका हकमा ७ दिन भित्र
QR code प्रमाणीकरण
१. अनलाइन फाराम भर्दा अपलोड गर्नुपर्ने कागजातहरु
२ निवेदकको नागरिकताको प्रमाणपत्र वा राहदानी
३ सक्कल खोप कार्ड
४ पासपोर्ट साइजको फोटो २ वटा
सेवा शुल्क: निःशुल्क
लाग्ने समय: ३ दिन
मृगौला प्रत्यारोपण गरेका डायलाईसिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार वापत खर्च उपलब्ध गराउने
१. तोकिएको ढाँचाको निवेदन,
२. बिरामीको नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपी/नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र प्रतिलिपि,
३. अन्यत्रबाट बसाईसराई गरी आएको बसाईसराई प्रमाणपत्रको प्रतिलिपि,
४ चिकित्सकबाट प्रमाणित गरिएको कार्यविधि अनुसूची १ १ बमोजिमको फाराम,
५. बिरामी उपचाररत अस्पतालको सम्बन्धि चिकित्सकबाट प्रमाणित गरिएका कागजातहरु
६.मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुका हक अपाङ्गता परिचयपत्रको (रातो वा निलो) प्रतिलिपि
सेवा शुल्क: निःशुल्क
लाग्ने समय: चौमासिक रुपमा
स्वास्थ्य संस्था स्तरोन्नति
१. तोकिएको ढाँचाको निवेदन फारम
२. स्वास्थ्य संस्था दर्ता प्रयोजनका लागि पेश गर्नुपर्ने भनी खुलाइएका कागजातहरु
३. स्वास्थ्य संस्था स्तरोन्नति सम्बन्धी योजना र योजना कार्यान्वयनका लागि आवश्यक पर्ने साधन तथा सोत खुलेको विवरण सेवा शुल्क:
१. अस्पताल तथा नर्सिङ्ग होम स्तरोन्नति गर्दा थप शैयाका लागि प्रति शैया रु.४,०००/- २ डायग्नोस्टिक सेन्टर स्तरोन्नति गर्दा थप सेवाका लागि प्रति सेवा रु १०,०००/- ३. पोलिक्लिनिक / क्लिनिकक स्तरोन्नति गर्दा थप सेवाका लागि प्रति सेवा रु १०,०००/-
४. आयुर्वेद अस्पताल वैकल्पिक चिकित्सा स्तरोन्नति गर्दा थप शैयाका लागि प्रति शैया रु. ५,०००/- ५ आयुर्वेद क्लिनिक सेवा स्तरोन्नति गर्दा थप सेवाका लागि प्रति सेवा ५,०००/-
लाग्ने समय: अनुगमन समितिबाट प्रतिवेदन प्राप्त भएको मितिले ७ दिन भित्र
